तेस्रो संस्करणको एनपिएल भोलिदेखि सुरु हुँदै, त्रिवि क्रिकेट मैदान तयार काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा तयारी तीव्र पारिएको छ। नेपालको घरेलु क्रिकेटको प्रमुख प्रतियोगिताका रूपमा रहेको एनपिएल भोलि सोमबारदेखि सुरु हुँदै छ। प्रतियोगितालाई लक्षित गर्दै त्रिवि क्रिकेट मैदानलाई खेलका लागि तयार पारिएको छ । एनपिएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा घरेलु क्रिकेटप्रति दर्शकको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी टोलीबीचको प्रतिस्पर्धाले क्रिकेटप्रेमीलाई उत्साहित बनाउने विश्वास गरिएको छ। प्रतियोगिताको पूर्वसन्ध्यामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको दृश्यले एनपिएलको रौनक र तयारीलाई झल्काएको छ।