पोखराको लेकसाइडमा लडेर महिला घाइते पोखरा, कात्तिक पोखराको लेकसाइडमा खाडल छोप्न राखिएको ढुङ्गामा टेक्दा लडेर एक महिला घाइते भएकी छन्। काखमा सानो बच्चा बोकेर हिँडिरहेकी ती महिला लडेर बेहोस भएपछि स्थानीय उद्धार गरेका थिए । उनी भैरहवाबाट पोखरा घुम्न आएकी थिइन् । सडकमा रहेको खाडल छोप्न राखिएको ढुङ्गामा टेक्ने क्रममा उनी लडेकी थिइन्। महिला लडेर बेहोस भएपछि उनको काखमा रहेको बच्चा जोडले रुन थाले पछि स्थानीय बासिन्दाले तत्काल उद्धार गरेका थिए । महिलालाई सुरक्षित रूपमा उनका आफन्तको जिम्मा लगाएका थिए । पोखराको व्यस्त पर्यटकीय क्षेत्र लेकसाइडमा भएको यस घटनाले सडक तथा पैदलमार्गमा रहेका खाल्डाखुल्डी र असुरक्षित संरचनाको अवस्थामाथि प्रश्न उठाएको छ। गत महिना पनि मुस्ताङ चोक नजिकै खुला ढलमा आमा र उनकी छोरी बगेको घटना भएको स्मरण गराउँदै स्थानीयले यस्ता जोखिमपूर्ण स्थानको तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।