लिमीभुमेकोट दौडको आठौँ संस्करणमा सरोज कुँवर प्रथम २०८३ कात्तिक ३ , पर्वत । पर्वतको फलेवास नगरपालिका–३, शंकरपोखरीस्थित पोखराचौरमा सम्पन्न आठौँ संस्करणको लिमीभुमेकोट दौड प्रतियोगितामा सरोज कुँवर प्रथम भएका छन्। उनले निर्धारित दूरी ८ मिनेट ४० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्। प्रतियोगितामा कपिलवस्तुको वाणगंगा नगरपालिका–९ का अजय पाण्डे द्वितीय भएका छन्। उनले ८ मिनेट ४२ सेकेन्डमा दौड पूरा गरे। त्यसैगरी फलेवास नगरपालिका–२, थापाठानाका आशिष कुँवरले ९ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरेका छन्। विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्व–२०८३ को अवसरमा आयोजित लिमीभुमेकोट दौड प्रतियोगिता तथा विविध खेलकुद कार्यक्रमले स्थानीय क्षेत्रमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा सामाजिक एकता प्रवर्द्धन गर्ने लक्ष्य साथ आयोजित प्रतियोगितामा । दौडसँगै छेलो फाल र क्यारमबोर्डलगायतका खेल समावेश गरिएका थिए। प्रतियोगिता अन्तर्गत दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्रले सम्मान गरीएको थियो। त्यसैगरी छेलो फालतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ तथा क्यारमबोर्ड प्रतियोगिताका विजेतालाई ५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरीएको कुरा प्रतियोगिताको संयोजन बिनोद सुनारले जानकारी दिए । ‘स्वस्थ युवा, समृद्ध समाज—खेलकुद हाम्रो पहिचान’ भन्ने सन्देशसहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा आकर्षित गर्नुका साथै शंकरपोखरीको ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई थप उजागर गर्न सहयोग पुग्ने विश्वास गरीएको संयोजन सुनारले बताए । लिमीभुमेकोट दौड तथा विविध खेलकुद कार्यक्रमले खेलकुदमार्फत आपसी भाइचारा, अनुशासन, सकारात्मक सोच र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। दौड प्रतियोगिताको नतिजा * प्रथम: सरोज कुँवर — ८ मिनेट ४० सेकेन्ड * द्वितीय: अजय पाण्डे — ८ मिनेट ४२ सेकेन्ड * तृतीय: आशिष कुँवर — ९ मिनेट १५ सेकेन्ड