मुख्य समाचार

अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ ।

👤 सनस्टार संवाददाता  |  📅 2026-09-25
अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ ।
अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । ९ असोज, काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालले बताए । डीएसपी दाहालका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ । दाहालले अनलाइनखबरसँग भने, ‘पृथ्वी राजमार्गका विभिन्न सात ठाउँमा पहिरो खसेको छ । जसमध्ये कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी अवरुद्ध छ ।’ कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भए पनि अन्य स्थानमा वर्षाका कारण र पहिरो निरन्तर खसिरहेका कारण पन्छाउन समस्या भएको उनले बताए ।