आईजीपी लक्षित खगेन्द्र सुनारको शब्द संसद्को रेकर्डबाट हटाइयो |
👤 सनस्टार संवाददाता | 📅 2026-09-15

आईजीपी लक्षित खगेन्द्र सुनारको शब्द संसद्को रेकर्डबाट हटाइयो |
काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरूद्ध संसद्मा दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको छ।
सभामुख डोल प्रसाद अर्यालले २६ भदौको प्रतिनिधि सभा बैठकमा सुनारले प्रयोग गरेको वाक्यांश हटाउन मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सचिवालयलाई निर्देशन दिएका हुन् ।
सुनारले कार्कीमाथि करोडौं भ्रष्टाचार र बर्खास्तीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बिचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले प्रतिनिधि सभा बैठकमा भने ।