मुख्य समाचार

ओलिको राजनितिक प्रतिबेदन सर्बसम्मतिले पारित गर्दै सकियो एमाले केन्द्रिय कमिटी बैठक ।

👤 सनस्टार संवाददाता  |  📅 2026-09-24
ओलिको राजनितिक प्रतिबेदन सर्बसम्मतिले पारित गर्दै सकियो एमाले केन्द्रिय कमिटी बैठक  ।
ओलिको राजनितिक प्रतिबेदन सर्बसम्मतिले पारित गर्दै सकियो एमाले केन्द्रिय कमिटी बैठक । २०८३ असोज ८ बिहिबार काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा चलेको बैठकले अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकले ११ औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनीत हुन बाँकी रहेका सदस्यहरूको टुङ्गो लगाएको छ। केन्द्रीय कमिटीको विस्तारसँगै पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ पदमा मनोनीत गरिएको छ। यसैगरी बैठकले ७ जना नेतालाई स्थायी कमिटी सदस्यमा चयन गरेको छ। चयन हुने स्थायी कमिटी सदस्यहरूमा ईश्वर पोखरेल (काठमाडौँ), प्रदीप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) रहेका छन्। केन्द्रीय कमिटी सदस्यमा काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), हरि रिजाल (प्युठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्युठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौँ), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरुङ (मनाङ), प्रेम दङ्गाल (काठमाडौँ), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौँ), पुष्पराज श्रेष्ठ (सिन्धुली), विमला घिमिरे (कपिलवस्तु), शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) मनोनीत भएका छन्। बैठकको समापन गर्दै अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टी हो भन्ने कुरा तेस्रो केन्द्रीय कमिटी बैठकमा पनि पुनः पुष्टि भएको बताए। सम्पूर्ण केन्द्रीय सदस्यहरूप्रति आभार व्यक्त गर्दै उनले पार्टीको आगामी दिशा स्पष्ट भएको उल्लेख गरे। बैठकमा प्रस्तुत बाँकी कार्यसूचीहरूमध्ये स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन, सल्लाहकार परिषद्, केन्द्रीय विभागहरू र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनको जिम्मेवारी सचिवालय बैठकबाटै निर्णय गर्ने गरी केन्द्रीय कमिटीले अधिकार प्रत्यायोजन गरेको छ।