विशेष

नागरिक परोपकार समन्वय संस्थाको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सुरु

👤 सनस्टार संवाददाता  |  📅 2026-09-20
नागरिक परोपकार समन्वय संस्थाको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सुरु
पोखरा । असोज ४, २०८३ पोखरा । नागरिक परोपकार समन्वय संस्थाको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आइतबार पोखरामा सुरु भएको छ। संस्थाका अध्यक्ष देवराज पन्थीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवराज सुवेदीले गरिरहेका छन्। साधारण सभा तथा अधिवेशनमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल हुने जनाइएको छ। अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ। सामाजिक सेवा, परोपकार तथा नागरिक हितका क्षेत्रमा क्रियाशील नागरिक परोपकार समन्वय संस्थाको साधारण सभा तथा अधिवेशनलाई संस्थागत विकास र आगामी कार्ययोजना निर्माणका दृष्टिले महत्वपूर्ण रूपमा लिइएको छ। अधिवेशनमा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ।