नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ का सदस्यहरूसँग आफ्नो गुन्डुस्थित निवासमा छलफल गरेका छन्।
👤 सनस्टार संवाददाता | 📅 2026-09-17

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ का सदस्यहरूसँग आफ्नो गुन्डुस्थित निवासमा छलफल गरेका छन्।
असोज १, २०८३, काठमाडौँ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ का सदस्यहरूसँग आफ्नो गुन्डुस्थित निवासमा छलफल गरेका छन्। कार्यदलभित्र देखिएको मतभेद समाधान गर्दै तयार भएका छुट्टाछुट्टै प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाउने उद्देश्यले उक्त बैठक बसेको हो।
छलफलमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष एवं सदस्य विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल र सचिव भानुभक्त ढकाल सहभागी छन्। कार्यदल बाहिरका वरिष्ठ नेताहरू प्रदीप ज्ञवाली र विष्णु रिमालसमेत बैठकमा सामेल भएका छन्।
कार्यदलको पूर्वयोजनाअनुसार प्रतिवेदनलाई अन्तिम रूप दिन संयोजक थापा, सदस्य पौडेल र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिइएको थियो। तर, संयोजक थापाले आफैँ प्रतिवेदन लेख्ने अडान लिएपछि र महासचिव पोखरेलसँग मतैक्य हुन नसकेपछि कार्यदल अनिर्णित बनेको थियो। आन्तरिक सहमति जुट्न नसकेपछि अध्यक्ष ओलीले नेताहरूलाई निवासमै बोलाएर मध्यस्थता गरेका हुन्।
बैठकमा प्रतिवेदनको विवाद मिलाउनेसँगै आगामी असोज ५, ६ र ७ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठकका मुख्य एजेन्डाबारे पनि गहन छलफल भइरहेको नेताहरूले बताएका छन्