नेपाली कांग्रेस रुपा गाउँपालिकाको सभापतिमा बिमल बाबु न्यौपाने सर्वसम्मत
👤 सनस्टार संवाददाता | 📅 2026-09-23

नेपाली कांग्रेस रुपा गाउँपालिकाको सभापतिमा बिमल बाबु न्यौपाने सर्वसम्मत
२०८३ असोज ७ , कास्की ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की जिल्लाको रुपा गाउँपालिकाको गाउँपालिका सभापतिमा बिमल बाबु न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्।
नवनिर्वाचित सभापति न्यौपानेले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै कार्यकर्ताबीच एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिने बताएका छन्।
उनले स्थानीय तहमा कांग्रेसको संगठन विस्तारसँगै जनताका समस्या र सरोकारका विषयमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।