नेप्से परिसूचक ११.७७ अंकले बढ्यो
👤 सनस्टार संवाददाता | 📅 2026-09-24

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११.७७ अंकले वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ४४ प्रतिशतको वृद्धिपछि २ हजार ६ सय २९ दशमलव ८१ विन्दुमा उक्लिएको हो ।
कारोबारमा आएकामध्ये १७६ कम्पनीको मूल्य बढ्यो, ९५ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थि रह्यो । निर्जीवन बिमा बाहेक सबै उपसमूहको मूल्य बढ्यो । निर्जीवन बिमा ३२.१९ अंकले घट्यो । उत्पादन तथा प्रशोधन १९५.२९, जीवन बिमा ८३.६८, व्यापार ३१.५०, लघुवित्त २८.०७ अंकले बढ्यो । कुल ५१ हजार ७१६ पटकको सेयर किनबेचमा ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती किनबेचमा १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर किनबेच भए ।
मध्य सोलु हाइड्रोपावरको ११.५८, धौलागिरी लघुवित्त वित्तीय संस्थाको १०.१९, सिटिजन्स सुपर ३० म्युचअल फन्डको ३.४७, हाथवे इन्भेष्टमेन्ट नेपालको ३.४३, ज्योती विकास बैंक बोन्ड २०८७ को २.९९ प्रतिशतले मूल्य घट्यो । नेपाल ल्युब आयलको १२.४७, सोनापुर मिनरल्स एन्ड आयलको ७.६५, कुमारी सबल योजनाको ७.५६, घोराही सिमेन्ट इन्डस्ट्रिजको ७.०७, सी वाई सी नेपाल लघुवित्त वित्तीय संस्थाको ६.४७ प्रतिशतले मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, सानिमा मिडल तमोर हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड अघि रहे । शिवम् सिमेन्टको ३५ करोड ८१ लाख, हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख, सानिमा मिडल तमोर हाइड्रोपावरको २४ करोड ३५ लाख, रिलायन्स स्पिनिङ मिल्सको २२ करोड १४ लाख, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।