भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
👤 सनस्टार संवाददाता | 📅 2026-09-25

भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
९ असोज २०८३
रुपन्देही।
लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने विपद् प्रतिकार्यका लागि १ हजार ६३२ जना जनशक्तिलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ ।
जल तथा मौसम विज्ञानको पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म नेपालमा अति भारी वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना रहेकाले सशस्त्र प्रहरीले प्रदेशका १२ वटै जिल्लामा जोखिमयुक्त स्थान पहिचान गरी जनशक्ति परिचालनको तयारी गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं। ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका अनुसार पश्चिम नवलपरासीमा ७५, रुपन्देहीमा १२०, कपिलवस्तुमा २२०, दाङमा ७१, बाँकेमा २६१, बर्दियामा ५८१, पाल्पामा ५१, अर्घाखाँचीमा ३०, गुल्मीमा ५८, प्युठानमा ४०, रोल्पामा ३० र रुकुममा १६ जना जनशक्ति तयारी अवस्थामा राखिएको छ ।