मुख्य समाचार

मतभिन्नता लाई आन्तरिक छलफल र सहमति बाट मिलाएर लैजान्छौँ’ |

👤 सनस्टार संवाददाता  |  📅 2026-09-16
मतभिन्नता लाई आन्तरिक छलफल र सहमति बाट मिलाएर लैजान्छौँ’  |
मतभिन्नता लाई आन्तरिक छलफल र सहमति बाट मिलाएर लैजान्छौँ’ पदमा अर्याल सचिब नेकपा ( एमाले ) २०८३ भदौ ३१ काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीभित्र केही विषयमा मतभिन्नता देखिए पनि त्यसलाई अस्वस्थ विवादका रूपमा लिन नहुने बताएकी छन्। सचिव अर्यालका अनुसार संयोजक रामबहादुर थापाले केही विषयमा असहमति प्रकट गरेपछि महासचिवकै सल्लाहमा अर्को प्रतिवेदन ल्याउन भनिएको र सोहीअनुसार संयोजकले अर्को प्रतिवेदन प्रस्तुत गरेको बताइन्। ‘संयोजक रामबहादुर थापाले केही विषयमा असहमति प्रकट गरेपछि महासचिवले नै सल्लाहमै अर्को प्रतिवेदन ल्याउनुस् भन्नुभएछ । यसैले संयोजकले अर्को प्रतिवेदन ल्याउनुभएको हो,’ अर्यालले भनिन्। उनले पार्टीभित्र यस्ता विषयमा छलफल र बहस हुनु स्वाभाविक भएको बताउँदै यसलाई अस्वस्थ अवस्थाका रूपमा बुझ्न नहुने स्पष्ट पारिन्। अलिअलि छलफल भइहाल्छ । तर, अस्वस्थ केही भएको छैन । मिल्छ, हामी मिलाउँछौँ,’ उनले भनिन्।