विशेष

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

👤 सनस्टार संवाददाता  |  📅 2026-09-18
मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी
चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ। शुक्रबार बिहान सडकमा लेदो खसेपछि दुवैतर्फका सवारी साधन रोकिएका सडक डिभिजन भरतपुरले जनाएको छ । अहिले लेदो पन्छाउने काम भइरहेको र करिब डेढ घण्टलभित्र सडक दुईतर्फी नै सञ्चालनमा ल्याउने अनुमान गरिएको छ। गन्तव्यतर्फ लागेका सवारी साधन सडकमै रोकिएकाले यात्रा गर्दा सावधानी अपनाउन र धैर्य गर्न प्रहरीले आग्रह गरेको छ।