कठ्ठाकै २ करोड पर्ने जग्गा हडपे रास्वपा केन्द्रीय सदस्य तथा कलाकार हिमेश पन्तको परिवारले काठमाण्डौ रास्वपा केन्द्रीय सदस्य तथा कलाकार हिमेश पन्तको परिवारले धादिङको पृथ्वी राजमार्गनजिकै पर्ने तिलकप्रसाद बिडारी कठ्ठाकै २ करोड पर्ने जग्गा हडपेको जनआस्थाले खुलासा गरेको छ। धादिङको थाक्रे गाउँपालिका–१० का तिलकप्रसाद बिडारीले २०५६ र २०५७ सालमा वडा नम्बर–७ मा हिमेश पन्तकै परिवारको जग्गा किनेका थिए । २०६१ सालसम्म तिलकप्रसाद बिडारीले नै उपभोग गरेपनि त्यसपछि हिमेश पन्तको परिवारले भौतिक आक्रमण समेत गरेको र खुकुरी प्रहार समेत गरेर जग्गा हडपेको पिडित बिडारीले बताएका छन्। जग्गाको मूल्य बढेपछि हिमेशको बुवा सुब्बा पन्तसहित आठ दाजुभाइले जबरजस्ती जग्गा हड्पिएको बताइएको छ।