नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। कांग्रेस इतर पक्षको महाधिवेशन : निर्वाचित जनप्रतिनिधि देउवा समूहबाट स्वतः महाधिवेशन प्रतिनिधि हुने कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित पालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका प्रमुख र उपप्रमुख महाधिवेशन प्रतिनिधि बन्नेछन्। त्यस्तै, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यसमेत स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित भई हाल पदमा कार्यरत रहेका जनप्रतिनिधिलाई उक्त व्यवस्था लागू हुने पत्रमा उल्लेख छ। कांग्रेसभित्र पार्टीको महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किरहेका बेला देउवा पक्षले यस्तो निर्णय गरेको हो। उक्त समूहले आगामी मंसिरमा समानान्तर महाधिवेशन गर्ने तयारी गरिरहेको छ। निर्वाचित जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णयले देउवा पक्षको महाधिवेशन प्रक्रियामा उनीहरूको सहभागिताको बाटो खोल्ने देखिन्छ।