४८ अंकले बढ्यो नेप्से, ८ अर्ब २९ करोडको कारोबार
👤 सनस्टार संवाददाता | 📅 2026-09-15

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर दुई हजार ६३३.६२ विन्दुमा पुगेको छ । मंगलबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१९ अंकले बढेर ४६७.४५ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ३.५६ अंकले बढेर १८१.१३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ३.१३ अंकले बढेर १५७.९१ मा पुगेको छ । मंगलबार विभिन्न कम्पनीका दुई करोड तीन लाख ८७ हजार ४१३ कित्ता सेयर आठ अर्ब २९ करोड १७ हजार ११५ मूल्यमा खरिद बिक्री भएको छ । सबै उपसमूहमा सकारात्मक देखिएका छन् ।
मंगलबार कूल २६५ कम्पनीको सेयर बढ्यो भने १२ कम्पनीको सेयर घट्यो । त्यसैगरी एक कम्पनीको सेयर स्थिर रह्यो । त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र मल्टिप्रपोज फाइनान्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट बैंक, केबिएल डिबेञ्चर बोटर्लस नेपाल बालाजुलगायत लगानीकर्ताले गुमाएका छन् ।