आदर्श युवा क्लबको अध्यक्षमा बिष्णु हमाल सर्वसम्मत निर्वाचित २९औँ साधारणसभा तथा १४औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । पोखरा । आदर्श युवा क्लबको २९औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनबाट बिष्णु हमाल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। २०८३ कात्तिक १५ गते सम्पन्न अधिवेशनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावली अनुसार क्लबको उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा ओमप्रकाश कुमाल ,सहसचिवमा राजिव भण्डारी र कोषाध्यक्षमा कृष्ण कुमाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा भिषन गुरुङ, राहुल गुरुङ, बेलप्रसाद गुरुङ, जीवन तामाङ, सुवास गुरुङ र सञ्जय कुमाल चयन भएका छन्। क्लबको २९औँ साधारणसभा तथा १४औँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी दिनमा क्लबका सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको क्लबका पुर्ब अध्यक्ष बिजय गुरुङले बताए । नवनिर्वाचित अध्यक्ष हमालले क्लबको संस्थागत विकास, सामाजिक उत्तरदायित्व र युवाहरूको क्षमता विकासका लागि कार्य गर्ने प्रतिबद्धता बेक्त गरे ।