चौथो सुर्यतारा खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३ मंसिर १९ देखि,
👤 सनस्टार संवाददाता |

सूर्यतारा क्लबको चौथो खेलकुद तथा सांस्कृतिक महोत्सव मंसिर १९ देखि, पोखरा–२७ मा आयोजना हुने
खुल्ला फुटसलदेखि ,जातीय झाँकी, भजन, स्लो स्कुटर रेस र डोरीतान प्रतियोगितासम्मका कार्यक्रम समेटिने
पोखरा ।
सूर्यतारा क्लब पोखराको आयोजनामा चौथो सूर्यतारा खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८३ आगामी मंसिर १९ देखि २१ गतेसम्म पोखरा महानगरपालिका–२७ मा आयोजना हुने भएको छ।
‘सामाजिक परिवर्तनका लागि समृद्ध समाज हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ स्थापित क्लबले खेलकुद, कला, संस्कृति र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको क्लबका अध्यक्ष बिष्णु पुनले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा खुला फुटसल प्रतियोगिता, विभिन्न जातीय संघसंस्थाका सांस्कृतिक झाँकी प्रदर्शन, भजन प्रतियोगिता, स्लो स्कुटर रेस तथा डोरीतान प्रतियोगितालगायतका कार्यक्रम समावेश गरिने क्लबका सचिब सरस्वती श्रेष्ठले बताइन ।
महोत्सवले स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्नुका साथै खेलकुदको विकास, मौलिक कला तथा संस्कृतिको संरक्षण र सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको अध्यक्ष पुनले बिश्वास बेक्त गरे ।
विभिन्न जातजाति, समुदाय र संघसंस्थालाई एउटै साझा मञ्चमा जोड्दै आपसी भाइचारा र एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको समेत अध्यक्ष पुनले बताए ।
सूर्यतारा क्लब , पोखरा संस्था दर्ता ऐन, २०३४ बमोजिम विधिवत् दर्ता भई पोखरा महानगरपालिका–२९ मा कार्यालय रहेको सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय संस्था हो। स्थापनाकालदेखि नै क्लबले खेलकुद, सामाजिक सेवा, युवा सशक्तीकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
खेलकुदमार्फत स्वस्थ, अनुशासित र सक्षम युवा उत्पादन गर्ने, सामाजिक सद्भाव र एकता कायम गर्ने तथा स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने क्लबका प्रमुख उद्देश्य रहेक छन्।
क्लबका कोषाध्यक्ष बिष्णुहरी भगाईले महोत्सवलाई सफल बनाउन स्थानीय संघसंस्था, युवा क्लब, जातीय संघसंस्था, व्यवसायी, खेलप्रेमी तथा आम सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छन ।
खेलकुद, संस्कृति र सामाजिक एकतालाई एउटै उत्सवमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले पोखराको पहिचान र स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ।