एकाबिहानै कारागारबाट छुटे टोपबहादुर रायमाझी
👤 सनस्टार संवाददाता |

एकाबिहानै कारागारबाट छुटे टोपबहादुर रायमाझी
बिहीबार, कात्तिक २६,
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय कटाएर थुनामुक्त भएका छन् । रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।
तत्कालीन एमाले सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका थिए ।
रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिबाना र एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार जरिबाना ठहर भएको थियो । तर, ६५ वर्षीय रायमाझीले उमेरहदका कारण सजाय छुट पाएर आज थुनामुक्त भएका हुनु ।
उनलाई घरमा टीकामाला लगाएर स्वागत गरिएको छ ।