ओलीलाई नेतृत्वबाट हटाउने कुरा गर्नु आत्मदाह गरेजस्तै
👤 बिष्णु पुन |

ओलीलाई नेतृत्वबाट हटाउने कुरा गर्नु आत्मदाह गरेजस्तै
नेकपा एमाले यति खेर इतिहासको सबैभन्दा कठिन मोड बाट गुजरीरहेको छ । २०८२ भाद्र २३/२४ को जेन्जि आन्दोलन मार्फत देशमा प्रतिक्रान्ती भएको निचोड सहित एक स्वरमा महाधिबेशन सकेर दुई तिहाइ बहुमतका साथ पार्टी अध्यक्ष निर्वाचित भएका केपी शर्मा ओलीलाई जेन्जि आन्दोलन पछि प्रतिक्रान्ती बाट स्थापित सरकारले गराएको निर्वाचन र निर्वाचन मा भएको पराजयलाई लिएर अहिलेको अवस्थामा नेतृत्वबाट हटाउने कुरा गर्नु आत्मदाह गरेसरह हुनेछ |
निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको सम्पूर्ण जिम्मेवारी केवल अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर अन्य नेताहरू आफ्नो दायित्वबाट पन्छिनु उचित हुँदैन।
पार्टीको नीति, निर्णय, संगठन सञ्चालन , उम्मेदवार छनोट तथा निर्वाचन परिचालनमा नेतृत्व तहका सबै नेताहरूको उतिकै महत्वपूर्ण भूमिका छ । निर्वाचन परिणामको नैतिक जिम्मेवारी पनि सामूहिक रूपमा ग्रहण गर्न आवश्यक छ। वर्तमान अवस्थामा पार्टीभित्र आरोप–प्रत्यारोप, गुटगत विवाद तथा आपसी संघर्षलाई प्राथमिकता दिनुभन्दा विगतका कमीकमजोरीको गम्भीर समीक्षा र आत्मालोचना गर्नु आवश्यक छ। पराजयका कारणहरूको वस्तुनिष्ठ समीक्षा गर्दै आगामी दिनमा पार्टीलाई थप सुदृढ, व्यवस्थित, अनुशासित र जनमुखी बनाउने दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्छ।
यस कठिन परिस्थितिमा व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा र गुटगत आग्रहभन्दा माथि उठेर पार्टीको एकता, संगठनको सुदृढीकरण र जनताको विश्वास पुनःस्थापित गर्ने कार्यमा सम्पूर्ण नेतृत्व तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्न जरुरी छ।
आजको आवश्यकता आपसी द्वन्द्व होइन, एकता, आत्मालोचना, जिम्मेवारीबोध र पार्टी पुनर्निर्माण हो। विगतका कमजोरीबाट पाठ सिक्दै सामूहिक नेतृत्व, आपसी विश्वास र एकताबद्ध प्रयासका माध्यमबाट पार्टीलाई थप सशक्त र जनआधारित बनाउन सबै पक्ष गम्भीरतापूर्वक लाग्नुपर्छ।
बिष्णु पुन
प्रबक्ता
नेपाल खेलकुद महासंघ See less