दीपक मनाङे नेपाली कांग्रेसकाे देउवा समूहमा प्रवेश
👤 सनस्टार संवाददाता |

दीपक मनाङे नेपाली कांग्रेसकाे देउवा समूहमा प्रवेश
काठमाडौँ।
गण्डकी प्रदेशका पूर्वसांसद तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेपाली कांग्रेसकाे शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।
कांग्रेसको निवर्तमान सभापति देउवा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक एवं पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मंगलबार गुरुङलाई पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेशसँगै देउवा समूहले उनलाई महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजक समेत तोकेको छ।