भीमफेदीमा विद्युतीय माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, ५ घाइते
👤 सनस्टार संवाददाता |

भीमफेदीमा विद्युतीय माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, ५ घाइते
मकवानपुर कात्तिक २६
मकवानपुरको भीमफेदीमा भएको भीषण माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ६ बजे भीमफेदी क्षेत्रमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परेका १० जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटना भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिक भएको हो। दुर्घटनामा परेको माइक्रोबसमा १५ जना सवार रहेको प्रारम्भिक विवरण छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको थि