नेपाल खेलकुद महासंघले बहिरा जुडो खेलाडीलाई खेलकुद तथा खाद्यान्न सामग्री वितरण गर्ने काठमाडौं । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा बहिरा जुडो खेलाडीहरूलाई खेलकुद सामग्री तथा खाद्यान्न सामग्री वितरण गर्ने भएको छ। १८औँ स्थापना दिवसका अवसरमा बहिरा जुडो खेलाडीलाई सहयोग गर्ने कार्यक्रम आयोजना गर्न लागेको कुरा महासंघका सचिब एबम प्रबक्ता बिष्णु पुनले जानकारी दिए । महासंघले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुद क्षेत्रमा सक्रिय बहिरा जुडो खेलाडीहरूको प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम आगामी २०८३ मंसिर १३ गते आइतबार काठमाडौंको बानेश्वरस्थित नेपाल बहिरा जुडो संघको कार्यालयमा दिउँसो १ बजे सञ्चालन हुनेछ। महासंघका अध्यक्ष दिपेन्द्र दाहालको अनुसार खेलाडीहरूको क्षमता विकास, खेलकुदमा पहुँच विस्तार र समावेशी खेलकुद संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सहयोग कार्यक्रम आयोजना गर्न लागेको जनाएका छन ।