नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा कृष्ण पुन सर्वसम्मत
👤 सनस्टार संवाददाता |

नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा कृष्ण पुन सर्वसम्मत
पोखरा ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको अध्यक्षमा कृष्ण पुन सर्वसम्मत निर्वाचित भएका छन्।
२०८३ असोज २४ र २५ गते पोखरा महानगरपालिका–२५, हेम्जामा सम्पन्न जिल्ला भेलाले पुनको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।
भेलाको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले खेलकुदलाई व्यावसायिक बनाउन सके खेल क्षेत्रकै माध्यमबाट समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे। खेलकुदलाई व्यवस्थित र व्यावसायिक रूपमा विकास गर्न सके यसले आर्थिक तथा सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
भेलाबाट महासंघको उपाध्यक्षमा अनिता राई गुरुङ र विश्वदल गुरुङ, सचिवमा सञ्जीव सुवेदी, सहसचिवमा जगबहादुर थापा तथा कोषाध्यक्षमा प्रदीप धमला सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यमा सुरेन श्रेष्ठ, मदन क्षेत्री, कृतन गुरुङ, सुशील श्रेष्ठ, अनिष श्रेष्ठ, धनबहादुर पौडेल र सुरेन्द्र थापा निर्वाचित भएका छन्।
सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटी सचिव विष्णु पुन, नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरू राजीव पहारी र नवराज ओझा, पार्टी जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, उपाध्यक्ष एवं जनसंगठन समन्वय प्रमुख भेषराज बराल, महासंघको केन्द्रीय विज्ञ आयोगका अध्यक्ष भरत गोदार, केन्द्रीय सचिवालय सदस्य एवं कास्की इन्चार्ज सरस्वती श्रेष्ठ, केन्द्रीय कमिटी सदस्य शिवप्रसाद अधिकारी, निवर्तमान केन्द्रीय कमिटी सदस्य सन्दीप कोइराला, रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिव विष्णुहरि भुङ्गाई, महासंघका प्रदेश उपाध्यक्ष रमेश कार्की तथा निवर्तमान अध्यक्ष शिवराज सुवेदीलगायतले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।