प्रथम सूर्य कप 6A साइड फुटबल प्रतियोगिता हुँदै |
👤 सनस्टार संवाददाता | 📅 2026-09-18

प्रथम सूर्य कप 6A साइड फुटबल प्रतियोगिता हुँदै
पोखरा ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा प्रथम सूर्य कप 6A साइड आमन्त्रीत फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ।
पोखरा–२५ स्थित आरएस फुटबल खेल मैदानमा आयोजना हुने प्रतियोगिता २०८३ असोज २४ र २५ गते सञ्चालन हुने सघका अध्यक्ष कृष्ण पुनले जानकारी दिए।
प्रतियोगितामा विजेता टोलीले नगद रु. ३३ हजार ३ सय ३३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेतालाई नगद रु. २२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कुरा सघका सचिब बिश्वदल गुरुङले बताए ।
खेलकुदमार्फत नागरीकलाई स्वस्थ राख्नुको साथै युवाहरूलाई सक्रिय बनाउने तथा स्थानीयस्तरमा फुटबलको विकास र प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सघका उपाध्यक्ष अनिता राईको भनाइ छ। प्रतियोगितामा करिब ५० टिमलाई सहभागीताको लागि आमन्त्र गरीने छ भने सहभागि हुन इच्छुक टिमले असोज २२ गते भित्र रु ३ हजार दर्ता शुल्क सहित टिम दर्ता गरी सहभागिता जनाउन सक्ने महासंघका सहसचिब सन्जिब सुबेदिले बताए ।