शिशुवा सहकारीको अध्यक्षमा भरतराज न्यौपाने निर्विरोध निर्वाचित
👤 सनस्टार संवाददाता |

शिशुवा सहकारीको अध्यक्षमा भरतराज न्यौपाने निर्विरोध निर्वाचित
२०औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन
पोखरा।
शिशुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट भरतराज न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ।
अधिवेशनबाट उपाध्यक्षमा डम्बरुवल्लभ चापागाईं, सचिवमा राजु शर्मा, कोषाध्यक्षमा बुद्धिनाथ बाँस्तोला र सहसचिवमा नवराज भट्टराई निर्वाचित भएका छन्।
त्यसैगरी सञ्चालक समिति सदस्यहरूमा कृष्णराज पौडेल, सावित्रा जमरकट्टेल, सङ्गीता श्रेष्ठ र सविनचन्द्र तिवारी निर्विरोध चयन भएका छन्।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा ध्रुव कल्पित सुवेदी निर्वाचित भएका छन् भने सदस्यहरूमा नवराज अधिकारी र उत्तम तिवारी चयन भएका छन्।
संस्थाको २०औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले सहकारीको संस्थागत विकास, आर्थिक पारदर्शिता, सुशासन र सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको छ।
निर्विरोध निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल, उपलब्धिमूलक र उदाहरणीय कार्यकालको शुभकामना व्यक्त गरिएको छ।