बुढीगण्डकी नदीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
👤 सनस्टार संवाददाता |

बुढीगण्डकी नदीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
२०८३ असोज २६ गते गोरखा ।
बुढीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन र तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ।
गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको जानकारी प्राप्त भएको हो।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले नदीमा पानीको बहाव असामान्य रूपमा बढेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न स्थानीयवासीलाई अनुरोध गरेका छन्।
बाढी तल्लो तटीय क्षेत्रतर्फ बढिरहेकाले सम्भावित जोखिमबाट जोगिन नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।