योजना र कार्यक्रमबिनाका पपुलिस्टहरूको भविष्य लामो छैन शंकर पोखरेल
👤 सनस्टार संवाददाता |

योजना र कार्यक्रमबिनाका पपुलिस्टहरूको भविष्य लामो छैन शंकर पोखरेल
पोखरा ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले योजना, स्पष्ट दृष्टिकोण र कार्यक्रमबिना लोकप्रियताका आधारमा राजनीति गर्ने पपुलिस्टहरूको राजनीतिक भविष्य लामो नहुने बताएका छन्।
नेकपा एमालेले कास्किले आज पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले राजनीतिभन्दा देश र जनताको समस्या समाधान गर्ने स्पष्ट योजना तथा कार्यक्रम आवश्यक रहेको धारणा राखेका हुन्।
उनले राजनीति केवल लोकप्रिय नारामा सीमित हुन नहुने उल्लेख गर्दै देशको विकास, समृद्धि र जनताको जीवनस्तर परिवर्तन गर्ने ठोस दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
पोखरेलले पपुलिस्ट राजनीतिले क्षणिक लोकप्रियता हासिल गरे पनि दीर्घकालीन राजनीतिक आधार निर्माण गर्न नसक्ने तर्क गरेका छन्। उनका अनुसार राजनीति जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्ने क्षमता, नीति, योजना र कार्यान्वयनसँग जोडिनुपर्छ। उनले राजनीतिक दलहरू जनताका वास्तविक आवश्यकता र समस्याप्रति जिम्मेवार हुनुपर्ने सन्देश दिएका छन्।