मुख्य समाचार

अमेरिकामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भव्य स्वागत, ट्रम्प आफैँ विमानस्थल पुगे

👤 सनस्टार संवाददाता  |  📅 2026-09-24
अमेरिकामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भव्य स्वागत, ट्रम्प आफैँ विमानस्थल पुगे
अमेरिकामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भव्य स्वागत, ट्रम्प आफैँ विमानस्थल पुगे काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको अमेरिकाको तीनदिने भ्रमणका क्रममा विशेष स्वागत गरेका छन् । सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प ज्वाइन्ट बेस एन्ड्र्युजको रनवेमा पुगेका थिए । उनीहरूको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो । बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सन् १९६२ पछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले यही एयरबेसमा विदेशी राष्ट्रप्रमुखलाई व्यक्तिगत रूपमा स्वागत गरेका हुन् । यसलाई ट्रम्पले सीको भ्रमणलाई दिएको उच्च प्राथमिकताको संकेतका रूपमा हेरिएको छ । विमानबाट ओर्लिएपछि ट्रम्प र सीले हात मिलाएका थिए । दुवै नेतासँग उनीहरूका पत्नी पनि उपस्थित थिए । सीको स्वागतका क्रममा अमेरिकी वायुसेनाका दुई बी–१ बमवर्षक विमानले आकाशमा उडान भरेका थिए । त्यस अवसरमा अमेरिकी वायुसेनाको ब्यान्डले अमेरिका र चीन दुवै देशका राष्ट्रगान बजाएको थियो भने दुवै देशका झण्डा फहराइएको थियो । स्वागत समारोहपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका थिए । यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिका र चीनबीच जारी व्यापार युद्धविरामलाई नोभेम्बरमा समाप्त हुने समयसीमाबाट बढाएर जनवरी १० सम्म कायम राख्न सहमति भएको बताएका छन् ।