टिकट नपाए पनि पार्टी निर्माणमा जुटेका कांग्रेस र कम्युनिस्टबाट सिक्न रविको आग्रह
👤 सनस्टार संवाददाता |

टिकट नपाए पनि पार्टी निर्माणमा जुटेका कांग्रेस र कम्युनिस्टबाट सिक्न रविको आग्रह
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी निर्माण र संगठन विस्तारमा कांग्रेस तथा कम्युनिस्ट पार्टीबाट सिक्नुपर्ने बताएका छन्।
कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले जिन्दगीभर संघर्ष र जनताको सेवा गर्दा पनि टिकट नपाए पार्टी निर्माणमा जुट्ने राजनीतिक संस्कारबाट सिक्नुपर्ने बताएका हुन्।
उनको भनाइले राजनीतिमा पद र उम्मेदवारीभन्दा संगठन निर्माण, निरन्तर संघर्ष तथा जनताको सेवामा प्रतिबद्धता महत्त्वपूर्ण हुने सन्देश दिएको छ।
लामिछानेले उम्मेदवार बन्ने आकांक्षीहरूलाई पदभन्दा पार्टी निर्माण र जनताको सेवामा प्राथमिकता दिनुपर्ने संकेत गरेका छन्।
रास्वपामा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने आकांक्षी बढिरहेका बेला लामिछानेको यस्तो टिप्पणी आएको हो।