मुख्य समाचार

अर्थमन्त्रीको सचिवालयले भन्यो : विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्नेबारे कुनै सहमति भएको छैन |

👤 सनस्टार संवाददाता  |  📅 2026-09-22
अर्थमन्त्रीको सचिवालयले भन्यो : विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्नेबारे कुनै सहमति भएको छैन |
अर्थमन्त्रीको सचिवालयले भन्यो : विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्नेबारे कुनै सहमति भएको छैन | ६ आश्विन २०८३ विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर भएको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाउँदै स्पष्टीकरण दिएको छ। अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले विज्ञप्तिमार्फत प्रचार गरिएजस्तो अर्थमन्त्री वाग्लेले विद्युत्को भ्याट छुट फिर्ता गर्ने विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेका छन्। यो पनि पढ्नुहोस् ऊर्जामन्त्री श्रेष्ठले अडान नछोडेपछि बिजुलीमा लगाइएको भ्याट फिर्ता विद्युत्को भ्याटका सम्बन्धमा अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा राखेको धारणाअनुसार उपभोक्तालाई राहत दिने तथा विषयलाई थप सहजीकरण गर्ने सन्दर्भमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको उनले बताएका छन्। 'विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति' भएको भन्दै अर्थमन्त्रीको नाम जोडेर गरिएको प्रचारप्रसार तथ्यमा आधारित नभएको सचिवालयको भनाइ छ। ढुङ्गानाले अर्थमन्त्रीको धारणा र हाल भइरहेको छलफल तथा अध्ययनलाई अलग ढंगले बुझ्न आग्रह गरेका छन्। यस्तो छ सचिवालयको स्पष्टीकरण: विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भन्दै माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको छ। प्रचारप्रसार गरिएजस्तो माननीय अर्थमन्त्रीज्यूले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गर्नु नभएको स्पष्ट पार्न चाहन्छौँ। विद्युत्को भ्याट सन्दर्भमा माननीय अर्थमन्त्रीज्यूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राख्नुभएको धारणाअनुसार यस विषयको थप सहजीकरण र उपभोक्तालाई राहत दिने सन्दर्भमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको स्पष्ट पार्न चाहन्छ। नवीन ढुङ्गाना माननीय अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव