समाचार

कांग्रेस महामन्त्रीमा तयारी गर्दै लुम्बिनी प्रदेश सभापति पुन

👤 सनस्टार संवाददाता  |  📅 2026-09-26
कांग्रेस महामन्त्रीमा तयारी गर्दै लुम्बिनी प्रदेश सभापति पुन
कांग्रेस महामन्त्रीमा तयारी गर्दै लुम्बिनी प्रदेश सभापति पुन रूपन्देही । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि देशैभर तत्कालीन सभापति शेरबहादुर देउवाको वर्चस्व रहँदा पनि उनी इतर पक्षमा खुलेर बसेका थिए । अन्य प्रदेशमा देउवा समूहको बलियो टीम रहँदा लुम्बिनी प्रदेशमा भने उनको नेतृत्वमा दुई जनाबाहेक सबै कार्यसमिति तत्कालीन इतर पक्षले जितेको थियो । अहिले पुनले पार्टीको महामन्त्रीमा उम्मेदवारीको तयारी गरेका हुन् । काठमाडौँमा सचिवालय नै बनाएर तयारीमा लागेका उनले नेपाल प्रेससँग कुरा गर्दै प्रदेशमा सफल नेतृत्व गरेपछि केन्द्रीय महामन्त्रीको तयारीमा लागेको बताए । ‘राजनीतिमा लागेपछि स्वाभाविक रूपमा नेतृत्व अपग्रेड हुन्छ नै, अहिले महामन्त्रीका लागि आकांक्षीको रूपमा तयारी गरेको छु, साथीहरूसँग सल्लाह हुँदैछ, कांग्रेसमा यसअघिका कार्यसम्पादन हेरेर जिम्मेवारी दिने नेताकार्यकर्ता पक्कै दृण हुनुहुन्छ, सबै आकांक्षीहरूसँग बसेर छलफल गरेरै अघि बढ्छु,’ उनले भने ।