दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई जिम्मेवारी कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइयो, मन्त्रिपरिषद्को बैठकबाट निर्णय काठमाडौं। सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदमुक्त गर्दै एआईजी मनोज केसीलाई नयाँ महानिरीक्षकको जिम्मेवारी दिएको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिएका छन्। सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको हो। यसअघि सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउन लागेको समाचार सार्वजनिक भएको थियो। कार्कीले गत कात्तिक २७ गतेदेखि नेपाल प्रहरीको महानिरीक्षकको कार्यभार सम्हाल्दै आएका थिए। सरकारको पछिल्लो निर्णयसँगै एआईजी मनोज केसी नेपाल प्रहरीको नयाँ नेतृत्वमा आउने भएका छन्।