मुख्य समाचार

देउवा समूहको कास्की संयोजकमा ऋषि काफ्ले

👤 सनस्टार संवाददाता  |  📅 2026-09-21
देउवा समूहको कास्की संयोजकमा ऋषि काफ्ले
देउवा समूहको कास्की संयोजकमा ऋषि काफ्ले सोमबार, ०५ असोज २०८३, नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा समूह)ले कास्की जिल्लाको संयोजकमा ऋषि काफ्लेलाई चयन गरेको छ । संस्थापन पक्षले असोज १६ गतेबाट केन्द्रीय महाधिवेशन गर्दैछ भने इतर खेमाले चरणगत अधिवेशनको तालिका सार्वजनिक गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १, २, ३ र पोखरा महानगरपालिकाका साथै रूपा, मादी र अन्नपूर्ण गाउँपालिकामा पनि संयोजक चयन भएका छन् । संस्थापन र इतर पक्ष छुट्टाछुट्टै महाधिवेशनमा जुटेका छन् । संस्थापन पक्षले असोज १६ गतेबाट केन्द्रीय महाधिवेशन गर्दैछ । यसका लागि वडा समितिको अधिवेशन अन्तिम चरणमा पुगेको छ ।