नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने
👤 सनस्टार संवाददाता |

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने
काठमाडौं, कात्तिक १२।
नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै टोल शुल्क संकलन सुरु हुने जनाएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ माघ २६ गते प्रकाशित सूचनाबमोजिम टोल शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ।
आयोजनाले सार्वजनिक गरेको दरअनुसार काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले ६५ रुपैयाँ र काठमाडौं बाहिरिने क्रममा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
बस तथा सिंगल रियर एक्सल भएका ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ तोकिएको छ।
कात्तिक १५ गतेदेखि लागू हुने उक्त व्यवस्थाअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्गअनुसार राजधानी प्रबेश गर्दा र बाहिरिदा तपसिलको शुल्क तिर्नुपर्नेछ।
तपसिल
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी ६५, ६० मिनी बस, मिनी टिपर/ट्रक ११५ , ,८० बस तथा सिंगल रियर एक्सल ट्रक २६० , २००
मल्टी एक्सल ट्रक तथा भारी उपकरण ६००