निरन्तरको बर्षा पछि पोखराको मौसममा क्रमिक सुधार
👤 सनस्टार संवाददाता |

निरन्तरको वर्षापछि पोखराको मौसममा क्रमिक सुधार
२०८३ असोज १२ पोखरा ।
केही दिनदेखि लगातार भइरहेको वर्षापछि पोखराको मौसममा क्रमिक रूपमा सुधार देखिन थालेको छ। सोमबार बिहानदेखि आकाश खुल्दै गएसँगै पोखरा आसपासका क्षेत्रमा घाम लाग्न थालेको छ भने लामो समयपछि हिमालसमेत स्पष्ट रूपमा देखिन थालेका छन्।
निरन्तरको वर्षाका कारण प्रभावित जनजीवनमा समेत मौसम सुधारसँगै केही सहजता आउने अपेक्षा गरिएको छ। पोखराबाट देखिने हिमशृंखला, हरियाली डाँडाकाँडा र फेवाताल आसपासको दृश्य खुलेपछि पोखराको प्राकृतिक सौन्दर्य थप आकर्षक देखिएको छ।
यद्यपि, वर्षापछि कतिपय स्थानमा सडकमा हिलो, पहिरो तथा जलजमावको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आवश्यक छ।