नेपाल खेलकुद महासंघको १८औँ स्थापना दिवस मनाइँदै
👤 सनस्टार संवाददाता |

नेपाल खेलकुद महासंघको १८औँ स्थापना दिवस मनाइँदै
काठमाडौं ।
नेपाल खेलकुद महासंघले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
महासंघको केन्द्रीय कमिटीको आयोजनामा २०८३ मंसिर १४ गते सोमबार बिहान ११ः३० बजे काठमाडौंको बानेश्वरस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम हुन लागेको हो। स्थापना दिवसका अवसरमा महासंघले स्थानीय तहदेखि केन्द्रसम्म खेलकुदका भौतिक पूर्वाधार निर्माण, व्यावसायिक खेलकुदको विकास तथा प्रतिस्पर्धात्मक खेल गतिविधिलाई प्राथमिकतामा राखेको छ।
महासंघको स्थापना २०६६ मंसिर १४ गते नेकपा (एमाले) को जनसंगठनका रूपमा भएको हो। खेलकुद क्षेत्रलाई संगठित, व्यवस्थित र नीतिगत रूपमा अघि बढाउने उद्देश्यले स्थापना गर्ने निर्णय गरिएको थियो।
महासंघले संगठनलाई स्थानीय तहसम्म विस्तार गर्दै ‘एक कमिटी, एक खेल गतिविधि’ कार्यक्रममार्फत गाउँदेखि केन्द्रसम्म खेलकुद गतिविधि सञ्चालन गर्ने नीति अघि सारेको छ। खेलकुदलाई स्वस्थ समाज निर्माण र राष्ट्रिय समृद्धिको आधार बनाउने लक्ष्यसहित प्रतियोगिता, खेल महोत्सव तथा सामाजिक गतिविधिमा समेत महासंघ सक्रिय रहँदै आएको छ।
महासंघको १८औँ स्थापना दिवसले विगतको संगठनात्मक यात्रा र उपलब्धिको समीक्षा गर्दै नेपाली खेलकुदको विकासका लागि नयाँ कार्ययोजना निर्माण गर्ने अवसरका रूपमा लिइएको छ।
स्थापना दिवसका अवसरमा महासंघले स्थानीय तहदेखि केन्द्रसम्म खेलकुदका भौतिक पूर्वाधार विस्तार, खेलाडीको व्यावसायिक क्षमता अभिवृद्धि, नियमित प्रतियोगिता सञ्चालन तथा खेलकुद क्षेत्रको संस्थागत विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने मूल मान्यतासहित महासंघले १८औँ स्थापना दिवस मनाउन लागेको हो।