नेपाल खेलकुद महासंघको १८औँ स्थापना दिवस विशेष: बहिरा पारा जुडो खेलाडीलाई खेलकुद सामग्री तथा खाद्यान्न हस्तान्तरण स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र खेलाडी सम्मानका रूपमा मनाउँदै महासंघ; मंसिर १४ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समेत आयोजना गरेको छ । काठमाडौं । नेपाल खेलकुद महासंघले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा नेपाल बहिरा पारा जुडो संघका खेलाडीहरूलाई खेलकुद सामग्री तथा खाद्यान्न हस्तान्तरण गरेको छ। २०८३ मंसिर १३ गते आयोजित कार्यक्रममा महासंघका अध्यक्ष दिपेन्द्र दाहाल सहितको टोलिले खेलाडीहरूलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। खेलाडीको सम्मान, सहयोग र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको महासंघले जनाएको छ। स्थापना दिवसकै अवसरमा महासंघले भोलि मंसिर १४ गते केन्द्रीय कार्यालय, मध्यबानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।