नेपाल हवाई खेलकुद संस्थाको अध्यक्षमा माधव तिवारी निर्वाचित २०८३ असोज १२ ,पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना)को २३औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनबाट माधव तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनबाट तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विजय गौतम, प्राविधिक उपाध्यक्षमा सरोज थापा, महासचिवमा रोशन गौतम, सचिवमा शर्मिला शर्मा तथा कोषाध्यक्षमा राजु सुवेदी चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरूमा लक्ष्मण कुँवर, प्रकाश भुजेल, युवराज गौतम, अमित थापा, दीपक थापा र रविन अधिकारी चयन भएका छन्। पोखराको पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्ने हवाई खेलकुद क्षेत्रको संस्थाको नयाँ नेतृत्वले आगामी कार्यकालमा हवाई खेलकुदको प्रवर्द्धन, पर्यटन विकास तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता अध्यक्ष तिवारीले बेक्त गरे ।