मुख्य समाचार

प्रचण्डले बोलाए कार्यसंयोजन समिति बैठक

👤 सनस्टार संवाददाता  |  📅 2026-09-21
प्रचण्डले बोलाए कार्यसंयोजन समिति बैठक
प्रचण्डले बोलाए कार्यसंयोजन समिति बैठक, महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने तयारी २०८३ असोज ५ गते ,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्। भोलि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताए। उनका अनुसार बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतको विषयमा छलफल हुने बताए। बैठकले भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरिरहेको कामको बारेमा पनि समीक्षा हुनेछ। नेकपाले यसअघि सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ। भोलिको बैठकले महाधिवेशनको कार्यतालिका पुनरावलोकन गर्नसक्ने प्रवक्ता ज्वालाले बताए। नेकपाले राष्ट्रिय महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने तय भएको थियो। पूर्वतालिका अनुसार गत साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान चलाउने र भदौ १५ भित्र वडा तथा भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन गर्ने निर्णय भएको थियो। तर, भदौ सकिँदा पनि सदस्यताकै काम टुङ्गिएको छैन। कार्यतालिका अनुसार असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ। यसअघि ल्याएको कार्यतालिका प्रभावित भएकाले भोलिको बैठकले अर्को कार्यतालिका ल्याउनसक्ने जनाइएको छ।