प्रथम सूर्य कप–6A साइड आमन्त्रित फुटबल प्रतियोगिता २०८३ को प्रचारका लागि शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुँदै पोखरा । नेपाल खेलकुद महासंघ कास्कीको आयोजनामा हुने ‘प्रथम सूर्य कप–6A साइड आमन्त्रित फुटबल प्रतियोगिता २०८३ को प्रचारप्रसार तथा आन्तरिक संगठनबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। आयोजकका अनुसार २०८३ असोज १७ गते शनिबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म पोखरा–२७ स्थित काइट्स स्पोर्ट्समा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ। प्रतियोगितामा नेपाल खेलकुद महासंघ कास्की, नेकपा एमाले कास्की, नेकपा एमाले पोखरा महानगर कमिटी र नेपाल उद्योग तथा व्यापार महासंघ पोखराको सहभागिता रहनेछ। नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष कृष्ण पुनका अनुसार मैत्रीपूर्ण खेललाई ‘प्रथम सूर्य कप’को प्रचारप्रसारसँगै पार्टीका विभिन्न संगठनबीचको आपसी समन्वय र सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बताए । ‘प्रथम सूर्य कप’ 6A साइड आमन्त्रीत फुटवल प्रतियोगिता मा नेकपा एमाले कास्कीअन्तर्गतका २२ जनसंगठन, नेकपा एमाले जिल्ला कमिटी, जिल्ला मातहतका पाँच पालिका कमिटी तथा नेकपा एमाले पोखरा महानगरअन्तर्गतका ३३ वडा कमिटीलाई सहभागिताका लागि आमन्त्रण गरिएको कुरा महासंघका सचिब एबम प्रतियोगिताको संयोजन बिश्वदल गुरुङले जानकारी दिए। उनका अनुसार मुख्य प्रतियोगिता २०८३ असोज २४ र २५ गते पोखरा–२५, हेम्जामा आयोजना हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २२ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य एवं कास्की जिल्ला इन्चार्ज सरस्वती श्रेष्ठले पार्टीका आन्तरिक कमिटी, जनसंगठन तथा नेता–कार्यकर्ताबीच भावनात्मक सम्बन्ध र सहकार्यलाई बलियो बनाउनुका साथै स्वस्थ जीवनशैली , खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुको साथै खेलकुदको माध्यबाट एमाले पार्टीको नेताकार्यकर्ता लाई पुनरजागर गराउने उद्देश्य साथ प्रतियोगिता आयोजना गरीएको बताइन । प्रतियोगिता संयोजक गुरुङका अनुसार मैत्रीपूर्ण फुटसल खेललाई ‘प्रथम सूर्य कप’को औपचारिक प्रचारप्रसार अभियानको सुरुवातका रूपमा समेत लिइएको छ।