पोखरा, १८ कात्तिक वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको हक, हित र अधिकारका लागि क्रियाशील आप्रवासी श्रमिक सञ्जाल कास्की तथा गण्डकी प्रदेशको बहुप्रतीक्षित अधिवेशन आगामी मंसिर २ र ३ गते प्रादेशिक राजधानी पोखरामा आयोजना हुने भएको छ। ​अध्यक्ष विष्णुहरी भुगाईको अध्यक्षतामा कात्तिक १८ गते बसेको कार्यसमितिको बैठकले अधिवेशनको मिति तय गर्दै आवश्यक तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। ​गण्डकी प्रदेशका ११ वटै जिल्लाका ६० जना प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहने यस अधिवेशनले आप्रवासी श्रमिकहरूका समसामयिक मुद्दा, पुनःस्थापना र भावी रणनीतिबारे गहन छलफल गरी नयाँ नेतृत्व चयन गर्नेछ। कार्यक्रमलाई भव्य र अनुशासित ढङ्गले सम्पन्न गर्न सञ्जालले सम्पूर्ण कार्यसमिति, प्रतिनिधि, विभिन्न संघ-संस्था तथा सरोकारवाला निकायहरूसँग हातेमालो र सहयोगको अपिल गरेको छ। ​अधिवेशनलाई मितव्ययी, चुस्त र प्रभावकारी रूपमा सम्पन्न गर्न बैठकले जिम्मेवारी बाँडफाँड गर्दै ५ वटा विषयगत उपसमितिहरू गठन गरेको छ। ​१. प्रतिनिधि व्यवस्थापन उपसमिति ​ संयोजक: मोतीलाल सिग्देल ​ सदस्य : विष्णु बहादुर थापा ​ सदस्य: खेम राज सापकोटा ​२. आवास व्यवस्थापन उपसमिति ​संयोजक: विष्णुहरी भुगाई ​ सदस्य: रजनी परियार ​ सदस्य: खेमराज सापकोटा ​३. प्रतिवेदन लेखन उपसमिति ​संयोजक: विष्णुहरी भुगाई ​ सदस्य: दिपेन्द्र खनाल ​ सदस्य: कमला शर्मा देवकोटा ४. पत्राचार एवं अतिथि ब्यबस्थापन उपसमिति संयोजक :बिष्णु हरी भुगाई सदस्य : दीपेन्द्र खनाल सदस्य : रजनी परीयार ​५. अतिथि सत्कार उपसमिति ​ संयोजक: कमला शर्मा देवकोटा ​ सदस्य: रजनी परियार ​ सदस्य: ख्याम कुमारी पौडेल ​६. प्रचार-प्रसार उपसमिति ​ संयोजक: शिव प्रसाद ढुङ्गाना ​ सदस्य: कल्पना श्रेष्ठ ​सदस्य: विष्णु बहादुर थापा ​सञ्जालका अध्यक्ष भुगाईका अनुसार गठन गरिएका उपसमितिहरूले आ-आफ्नो क्षेत्रको जिम्मेवारी सम्हाल्दै तयारी सुरु गरिसकेका छन्। अधिवेशनले आप्रवासी श्रमिकहरूको आवाजलाई प्रदेश र स्थानीय सरकारसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।