राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रत्यक्ष निर्वाचित सांसद खगेन्द्र सुनारको दानवी रुप
👤 सनस्टार संवाददाता |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रत्यक्ष निर्वाचित सांसद खगेन्द्र सुनारको दानवी रुप
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रत्यक्ष निर्वाचित सांसद खगेन्द्र सुनार फौजदारी अपराधसँग सम्बन्धित गम्भीर प्रकरणमा मुछिएका छन् ।उनको एउटा पुरानो अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जहाँ बोलिएका शब्दहरु सुन्नै नसकिने अश्लिल र आपराधिक छन् ।
एक महिलामाथि घृणित शब्दहरु ओकल्दै ब्ल्याकमेलिङ गर्ने व्यक्ति अरु कोही नभएर रास्वपाका माननीय नै हुन्, जो आफूलाई उत्पिडित समुदायको ‘मसिहा’ ठान्ने गर्छन् । अडियोमा एक महिलासँग सुनारले गरेको फोन संवाद सुनिएको छ । अडियो संवादअनुसार महिला त्यसबेला ‘माननीय’ (प्रदेश सांसद) थिइन् ।
फोन संवादमा महिला लाचार भावमा छिन् भने सुनार हिंस्रक मनोदशामा । उनले आफूसँग ‘लिभ इन’ मा बसेकी महिलाको नग्न भिडिओ बनाएर पैसाको ब्ल्याकमेलिङ गरिरहेको अडियोबाट स्पष्ट बुझिन्छ ।
सुनारले महिला र उनका नाबालक छोरालाई समेत ‘मार्ने र रगत खाने’ धम्की दिएका छन् । बातैपिच्छे अश्लिल गाली गरेका छन् ।
अडियो सुन्दा महिलाको आवाजमा अस्वभाविक नरमपना झल्किन्छ । उनी सुनारलाई फकाउने प्रयास गरिरहेकी छन् । सुनारले घिनलाग्दो गाली गर्दा महिला प्रत्येकपटक ‘स्यो…’ लगाउँदै सम्मानसाथ बोल्छिन् ।
फोन संवादमा महिला लाचार भावमा छिन् भने सुनार हिंस्रक मनोदशामा । उनले आफूसँग ‘लिभ इन’ मा बसेकी महिलाको नग्न भिडिओ बनाएर पैसाको ब्ल्याकमेलिङ गरिरहेको अडियोबाट स्पष्ट बुझिन्छ ।
संवादका क्रममा महिलाले भनेकी छन्, ‘हजुरले त्यत्रो नांगो भिडिओ बनाइस्यो, मैले सहेँ । त्यत्रो पिटिस्यो, मैले सहेँ । कहिलेसम्म सहनु ।’
सुनारले पैसाको डिमान्ड गर्दै भोलि अदालतमा गएर श्रीमानसँग डिभोर्सको मुद्दा हाल्नसमेत चेतावनी दिएका रहेछन् ।
‘तैले भोलि अदालत गएर डिभोर्सको मुद्दा हालेको हुनुपर्छ । बुझिस कि बुझिनस् ?’ उनी धम्क्याउँदै भन्छन् । महिला निरिह भावमा ‘बुझेँ’ भन्छिन् । त्यसपछि सुनारले पैसाको माग गर्न थाल्छन् । ‘साँझ ८ बजे पैसा हुन्छ नि आज होइन ? आउँछ कि आउँदैन ?’ उनी पटक–पटक देहोर्याएर सोध्छन् । महिला ‘हस’ भन्दै गुनासो गर्छिन्, ‘हजुर यसरी पैसा ले भनिसिन्छ । चुप लाग्यो भने पनि कराइसिन्छ । दिन्न भन्न त झनै भएन ।’
अडियोमा आपसी सम्बन्धको विषयमा पनि कुरा भएको छ । महिलाले आफूहरु श्रीमान–श्रीमती भएको प्रमाण नभएको गुनासो गरेकी छन् ।
‘मैले मेरो बुढो हो भनेर मात्र हुन्छ ? बुढी भन्ने, मार्छु, काट्छु भन्ने, नांगो भिडिओ बनाउने । पैसा दिन्छु भन्दा पनि हुँदैन । पैसा दिन्न, नाई भन्यो भने त्यसै पिटिसिन्छ । अनि के गर्नु ?’ महिलाले रुँदै भनेकी छन् ।
जवाफमा खगेन्द्र भन्छन्, ‘कुनै प्रुफ छैन तिम्रो र मेरो ? मैले (शारीरिक सम्बन्धलाई जनाउने अश्लिल शब्द बोल्दै) गरेको प्रुफ छ त ? लोग्ने–स्वास्नीले मात्रै गर्छन् होला नि त्यो त
’ त्यसपछि उनी फेरि पैसाकै कुरा गर्छन् ।
‘आज पैसा आउँछ नि होइन ?’
‘हजुरलाई पैसै चाहिएको हो त ?’
‘मलाई पैसा नै चाहिएको हो ।’
‘पैसै चाहिएको भए, म रेडी गर्छु जसरी पनि ।’
त्यसपछि सुनारले राक्षसी पारामा अट्टहाँस गरेका छन् ।
‘हाहाहा… । बाँच्न दिन्छु म तँलाई ? मेरो पैसा पहिले रेडी गर । के सम्झेकी छस् । कति बर्ष पुगिस् अरे तँ ?’
‘चालिस ।’
‘एचआइभी लागेको मान्छे कति बर्षमा मर्छन् थाहा छ ?
‘थाहा छैन ।’
‘एचआइभी लागेकाले बिहे गर्न मिल्दैन भन्ने थाहा छ कि छैन ?’
‘थाहा छ ।’
त्यसपछि महिला रुन थाल्छिन् ।
‘मैले के गल्ति गरेको थिएँ र यस्तो गरिसिन्छ ?’
सुनार फेरि राक्षसी अट्टहाँस गर्छन् ।
‘फिल्ममा भिलेनले हिरोइन र हिरोइनको आमालाई बलात्कार गर्दा कस्तो आनन्द आउँछ नि.. (त्यस्तै भएको छ),’ यो संवादले सुनारभित्रको यौनपिपाशु चरित्रलाई उदांगो गरेको छ ।
अडियोमा सुनारले कांग्रेसका एक नेतासँग महिलालाई जोडेर पनि घिनलाग्दा शब्दहरु प्रयोग गरेका छन् । कांग्रेस नेतासँग सम्बन्ध राखेर माननीय भएको आरोप उनले लगाएका छन् ।
सुनारले जातीय अपमानजन्य शब्द प्रयोग गर्दै भनेका छन्, ‘यस्ता मा… सर्किनीलाई माननीय भन्नु परेको छ । तँलाई मारेर भए पनि रोक्दिन्छु के मैले । अब कि मर्न तयार हो, कि… (कांग्रेस नेता) को घर जान तयार हो ।’
संवादका क्रममा सुनारले फिल्मको भिलेनले जसरी यतिसम्म भनेका छन्, ‘तिमीहरु आमा छोरालाई नै म बाँकी राख्दिनँ । तेरो बच्चा बाँच्यो भने न बदला लेला ।’
महिलाले आफ्नो फेसबुक डिएक्भटिभ गरेको विषयमा सुनारले नराम्ररी थर्काएका छन् । महिलाका छोरालाई समेत उनले गाली दिएका छन् ।
‘तैंले फेसबुक एक्टिभेट गरिस् ?’ सुनारले थर्काउँदै सोध्छन् । महिलाले एक्टिभेट गर्न नसकेको बताएपछि उनी अश्लिल गाली दिँदै भन्छन्, त्यो मा… खाते…को छोरालाई फोन दे ।’
महिलाले छोरालाई ‘बेबी’ सम्बोधन गर्दै ‘अंकल’सित कुरा गर्न भन्छिन् । सुनारले बालकलाई पनि उसैगरि थर्काउँछन् ।
‘फेसबुक एक्टिभ भएन अंकल,’ बालक भन्छन् ।
‘किन भएन…?’ सुनार गर्जिन्छन् । बालकले ३० दिन कटेकाले एक्टिभ नहुने बताउँछन् ।
‘मलाई जहाँबाट भए पनि चाहिन्छ । नत्र तिमीहरु आमा–छोरालाई मारेर रगत खान्छु ।’
यदि ‘विप’ प्रयोग नगरिएको अडियो सुन्नुभयो भने तपाईंको रगत तात्ने छ । यी संवादहरु त मामूली हुन् ।
अडियोको यथार्थता र खगेन्द्रको चरित्र
यो अडियो करिब ६–७ बर्ष पुरानो हुनसक्ने अनुमान छ, जतिबेला महिला बाग्मती प्रदेशमा कांग्रेस सांसद थिइन् ।
२०७४ पछिको निर्वाचनमा कांग्रेसबाट उनी समानुपातिक सांसद बनेकी हुन् । महिला स्वयम् अहिले खुल्न नचाहेकाले उनको विषयमा थप विवरण दिन म असमर्थ छु ।
यी प्रदेश सांसदसँग सुनार केही समय ‘लिभ इन’मा बसेको निकटस्थहरुले बताएका छन् । त्यसबेला सुनार र महिला दुवै विवाहित थिए । दुवैका एक–एक सन्तान पनि थिए ।
सुनारले अन्तरजातीय विवाह गरेका हुन् । उनकी पत्नी राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन् । निर्वाचन आयोगमा उल्लेखित रेकर्ड अनुसार सुनारकी पत्नीको नाम सरीता गुरुङ हो ।
सुनारले आफ्नी पत्नीको तस्बिर सामाजिक सञ्जालमा राखेको देखिँदैन । पत्नीले भने श्रीमानसँगका तस्बिर र भिडिओहरु फेसबुकरटिकटकतिर बेलाबखत हाल्ने गरेकी छन् । पत्नी जागिरका सिलसिलामा उपत्यका बाहिर रहँदा सुनार यता महिलाहरुसँग रंगरलिया मनाउने गरेको गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार विवाहित महिलालाई प्रेममा पार्ने, सम्बन्ध राख्ने र त्यसको भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्न उनी अभ्यस्त थिए ।
सुनारबाट पिडित एक महिला सुर्खेतमा पनि छिन् । श्रीमान विदेशमा भएकी ती महिला खगेन्द्रसँग लिभ इनमा बसेको र उनीसँग पनि ब्ल्याकमेलिङ गरेर सुनारले ठूलो रकम असुलेको स्रोतको दाबी छ । आफ्नै इज्जतको डरले ती महिला खुल्न सक्ने अवस्थामा छैनन् ।