राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रत्यक्ष निर्वाचित सांसद खगेन्द्र सुनारको दानवी रुप रास्वपाको नरम एक्सन काठमाण्डौ सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि खगेन्द्र सुनार हिजो दिनभरी प्रतिक्रियाबिहीन रहे । दाङमा रहेका उनी मोबाइलको स्वीच अफ गरेर बसेका थिए । यता अडियोले राति नै रास्वपा नेतृत्वमा ठूलै कम्पन ल्याइसकेको थियो । तर त्यो कम्पनअनुसारको कडा कदम पार्टीले चालेन । आज बिहान महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै सुनारको अडियोका विषयमा छानबिनका लागि पार्टीको अनुशासन समितिलाई निर्देशन दिइएको बताए । साथै, रास्वपाले सुनारलाई सार्वजनिक पद (सांसद र रास्वपा केन्द्रीय सदस्य)को हैसियतमा सार्वजनिक कार्यक्रममा उपस्थित हुन तत्काललाई रोक लगाएको छ । रास्वपाले यसअघि पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टाभित्र कारबाही गरेर एउटा नजिर बनाएको थियो । सार्वजनिक भएको एउटा अडियोकै आधारमा उनलाई पार्टीको साधारण सदस्यबाट हटाइयो र उनको संसद पदसमेत चैट भयो । अहिले पनि सभापति रवि लामिछाने नेताहरुको व्यक्तिगत आचरणमा पार्टीले कति सख्ति अपनाउँछ भन्ने दर्शाउन ढाकाकुमारको उदाहरण प्रस्तुत गर्छन् । सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि खगेन्द्र सुनार हिजो दिनभरी प्रतिक्रियाबिहीन रहे । दाङमा रहेका उनी मोबाइलको स्वीच अफ गरेर बसेका थिए । यता अडियोले राति नै रास्वपा नेतृत्वमा ठूलै कम्पन ल्याइसकेको थियो । तर त्यो कम्पनअनुसारको कडा कदम पार्टीले चालेन । तर सुनारका हकमा भने उनले त्यो सख्तिपना देखाउन सकेनन् । यसअघि पनि सुनारले प्रहरी नेतृत्वलाई लान्छित गर्दै बारम्बार आपत्तिजनक अभिव्यक्तिहरु दिइँरहँदा सभापतिले संरक्षण गर्दै आए । सुनारलाई सामान्य स्पष्टीकरण समेत सोधिएन । अहिले यति गम्भीर आपराधिक कर्तुत बाहिर आउँदा पार्टीबाट निलम्बनसमेत नगरिकन सामान्य अनुशासन उल्लंघनको विषय जसरी अनुशासन समितिलाई जिम्मा दिएका छन् । यसरी दोहोरो मापदण्ड देखाइएकोप्रति रास्वपाभित्र असन्तुष्टि बढ्न थालेको छ । खासगरि, महिला नेतृहरु पार्टीले सुनारप्रति अतिरञ्जित सदाशयता देखाइरहेकोप्रति अचम्भित छन् । सुनारको हावादारी प्रतिवाद सुनारले आज दाङबाट एउटा भिडिओ प्रेसित गर्दै आफूमाथि लागेका आरोप खण्डन गरे । तर उनको खण्डन पहिलो दृष्टिमै खारेजयोग्य छ । उनले अडियोमा रहेको आवाज आफ्नो नभएको जिकिर गरेका छन् । तर अडियो सार्वजनिक गर्नेविरुद्ध कानुनी उपचारमा जाने बताएका छैनन् । सुनारले भनेका छन्, ‘अहिले सामाजिक सञ्जालमा जे अडियो–भिडिओ भनेर जे आएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन । त्यो पात्र म होइन । हामीले बोलेका छैनौँ, केही गरेका पनि छैनौँ । तर जसरी पनि अहिले बजारमा यसकै हो भनेर चाहे प्रविधिको, चाहे एआईको, चाहे कसैलाई बोल्न लगाएर, चाहे क्यारिकेचर गर्न लगाएर जसरी पनि फसाउने प्रपञ्चहरू गरिएको छ, यी सबै कुराको म जनताको प्रश्नको कठघरामा उभिन म तयार छु ।’ पहिलो कुरा, यदि साँच्चै अडियोको आवाज सुनारको थिएन भने उनले हिजो सार्वजनिक हुनासाथ तत्काल खण्डन गर्थे, मोबाइल स्वीच अफ गरेर बस्ने थिएनन् । अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिकविरुद्ध कानूनी उपचारको खोजी गर्थे । धानखेतमा गएर होइन, काठमाडौं आएर पत्रकार सम्मेलन नै गरेर रँडाको मच्चाउँथे । यो सबै नगरिकन नुर गिरेको अनुहारले ‘एआई हो’ भन्दैमा कसैले पत्याउनेवाला छैन । एआईको विषयमा आधारभूत ज्ञान भएकाहरुलाई थाहा हुनुपर्छ कि एआईले यस्ता अश्लिल शब्दहरु प्रयोग गर्दै गर्दैन । यो एआईको आचारसंहिता विपरित हुन्छ । साथै, एआईको संवाद यति ‘नेचुरल’ पनि हुन सक्दैन । सुनारले दिउँसै रात पार्न खोजेका छन् । आवाज क्यारिकेचर गरिएको भन्ने आरोप त झनै हास्यास्पद छ । हो, सामाजिक सञ्जालमा भाइरल भएसँगै केही युवा कलाकारहरुले सुनारको क्यारिकेचर गर्न थालेका छन् । तर सुनारको आवाजमा यस्तो आपराधिक र अश्लिल संवादको क्यारिकेचर गर्न को तयार भयो होला ? कहाँ छिन् महिला ? अडियो सार्वजनिक भएसँगै धेरैलाई चासो छ कि ती महिला र बालक अहिले कुन अवस्थामा कहाँ होलान् ? एमाले नेतृ रामकुमारी झाँक्रीले ती आमाछोरालाई तत्काल रेस्क्यू गरेर सुरक्षा दिन सार्वजनिकरुपमा नै माग गरेकी छन् । स्रोतका अनुसार महिला अहिले पनि नुवाकोटको कांग्रेस राजनीतिमा सक्रिय नै छिन् । तर उनी यो प्रकरणमा बाहिर खुल्ने पक्षमा छैनन् । आफ्नो समेत बदनामी हुने भएकाले उनी सार्वजनिक हुन नचाहेकी हुन् । यस विषयमा सोध्नेलाई उनले ‘अडियोको आवाज आफ्नो नभएको’ बताइरहेकी छन् । हिजोदेखि उनको फोन पनि अफ छ । महिला सार्वजनिक हुन नसक्ने बुझेर नै खगेन्द्रले अडियोको खण्डन गर्ने साहस जुटाएका हुन् । महिला नेपाली कांग्रेसको समानुपातिक सूचीबाट बागमती प्रदेशसभा सदस्य बनेकी थिइन् । भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उनी सहभागी भइनन् । नेपाली कांग्रेस नुवाकोटका एक नेताले मसित कुरा गर्दै महिला नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षमा भएका कारण महाधिवेशनमा सहभागी नभएको बताए । तर अडियोमा सुनिने महिला आवाज आफ्नो जिल्लाकी नेतृको भएजस्तो नलागेको उनको भनाइ छ । ‘उहाँले पनि आफ्नो आवाज होइन भन्नुहुन्छ रे, तर हामीसँग उहाँको कुनै कुराकानी भएको छैन, सम्पर्क नै छैन’, उनले भने । महिलाले शेरबहादुर पक्षको महाधिवेशनमा सहभागी हुने तयारी गरेको समेत बुझिएको छ । उजुरी नआइकन अनुसन्धान हुँदैन ? सामाजिक सञ्जालमा अडियो छ्याप्छ्याप्ति भइसक्दा पनि प्रहरी भने ‘उजुरी नपरेको’ भनेर अनुसन्धान नगरी बसेको छ । प्रहरीका एक उच्च अधिकारी सरोकारवालाले सरोकार राखेमा मात्रै उक्त विषयको अनुसन्धान र कारबाही गर्ने प्रहरी युनिटले आवश्यक काम गर्ने बताउँछन् । तर, अहिलेसम्म त्यस्तो कुनै खबर आफूलाई प्राप्त नभएको ती अधिकारीको भनाइ छ । ‘अहिलेसम्म केही आएको छैन । सार्वजनिक रुपमा सुनिएको बाहेक हामीलाई औपचारिक रुपमा कुनै पक्षको पनि ताकेता आएको छैन,’ उनले मसित भने । तर, प्रहरीले उजुरीबिना आफैं फाइल खडा गरेर अनुसन्धान गरेका थुप्रै उदाहरण छन् । खासगरि ‘माथिको आदेश’ भयो भने यस्तो प्रक्रिया अपनाइन्छ । सुनारको हकमा भने सरकारबाट प्रहरीलाई सायद त्यस्तो ‘ग्रीन सिग्नल’ प्राप्त भएको छैन । आफ्नो सपथ ग्रहणमै ‘महिलामाथि हुने दुर्व्यवहार र हिंसा आफूले सहँदै नसहने’ बताएका गृहमन्त्री सुदन गुरुङले कस्तो कदम चाल्छन् हेर्न बाँकी छ । उनी अहिले भारतमा छन् । यदि गुरुङले यसमा कुनै कडा कारबाही गर्न सकेनन् भने उनको पनि ‘औकात’ देखिने छ ।