रिटर्नी फेडेरेसन नेपाल रुपा गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न
👤 सनस्टार संवाददाता | 📅 2026-09-25

रुपा, कास्की । असोज ९, २०८३
रिटर्नी फेडेरेसन नेपाल रुपा गाउँपालिकाको तेस्रो अधिवेशन भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। रुपा गाउँपालिका–५, देउरालीमा सम्पन्न अधिवेशनले शुद्ध प्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा लिलाबहादुर पाण्डे र सचिबमा सुन्दर बि क निर्बाचित हुनुभएको छ।
अधिवेशनमा प्रमुख वक्ताका रूपमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले रिटर्नीहरूको सीप, अनुभव र क्षमतालाई देशको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता र स्वरोजगारसँग जोड्दै उनीहरूको अनुभवलाई राज्यले सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विशेष अतिथि विश्वज्योति सुवेदी, विशिष्ट अतिथि नवराज बराल, अतिथिहरू निलकण्ठ रेग्मी, रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सदस्य कालिदास पोखरेल र मनबहादुर कुँवरलगायतको उपस्थिति थियो।
त्यस्तै,रीटर्नी फेडेरेसन नेपाल कास्की जिल्ला अध्यक्ष विष्णु बहादुर केसी, जिल्ला कमिटी कास्कीका उपसचिव पवित्रा खड्का लगायतको समेत सहभागिता रहेको थियो।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै रुपा गाउँपालिकामा रिटर्नी फेडेरेसनको संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई स्थानीयस्तरमै परिचालन गरी उत्पादन , रोजगारी सिर्जना एवं उद्यमशीलतामा उल्लेख्य योगदान पुर्याउने विषयलाई प्राथमिकतामा राखिने जनाइएको छ।
प्रमिला बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता शुद्ध प्रसाद श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन सचिब सुन्दर वि कले गर्नुभएको थियो।