इस्लामिक कल्याणकारी समाज पोखरा–८ को १३औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व निर्विरोध चयन
👤 प्रदेश संवाददाता | 📅 2026-09-19

पोखरा । असोज ३, २०८३
इस्लामिक कल्याणकारी समाज, पोखरा–८ को १३औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अब्दुल मालिक मियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा मोहम्मद जुनेद मिया, सचिवमा मोहम्मद नईम मिया, सह–सचिवमा निजामुद्दिन मिया, कोषाध्यक्षमा अब्दुल खालिक मिया तथा सह–कोषाध्यक्षमा अरमान अली निर्वाचित हुनुभएको छ।
त्यसैगरी, कार्यसमिति सदस्यमा वाहिद अली, मोहम्मद अकरम, समिम मिया, मोहम्मद कासिम र सोयब खान पैठान चयन हुनुभएको छ।
अधिवेशनले समाजका सामाजिक, कल्याणकारी तथा सामुदायिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी कार्यकालमा समाजका उद्देश्यअनुरूप विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
समाजको संस्थागत विकास, सामाजिक सेवा तथा समुदायको हितमा निरन्तर योगदान पुर्याउने उद्देश्यसहित नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
अधिवेशनबाट निर्विरोध निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।