दोभान क्लबको दोस्रो खेलकुद तथा सांस्कृतिक महोत्सव पुस ७ देखि १२ गतेसम्म हुने १५ कार्तिक २०८३ , कास्की । दोभान क्लबको आयोजनामा दोस्रो दोभान खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८३ आगामी पुस ७ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। ‘समाज परिवर्तन हाम्रो अभियान, युवा नेतृत्व दोभानको पहिचान’ भन्ने नारासहित आयोजना हुने महोत्सव रूपा गाउँपालिका–५, फेदीस्थित खेलमैदानमा सञ्चालन हुने क्लबका अध्यक्ष सुजन श्रेष्ठ बताए । महोत्सवमा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू समावेश गरिएको महोत्सव मुल समारोह समिति संयोजन सुरेन श्रेष्ठले जानकारी दिए । महोत्सवका मुख्य आकर्षणका रूपमा वडास्तरीय पुरुष भलिबल, महिला भलिबल, महिला डोरीतान, नृत्य प्रतियोगिता तथा भाँकी प्रदर्शन प्रतियोगिता रहने संयोजन श्रेष्ठले बताए साथै स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहनेछ कुरा उनले जानकारी दिए । प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष भलिबलतर्फ प्रथम हुने टोलीले ७० हजार र द्वितीय हुने टोलीले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिला भलिबलतर्फ प्रथमलाई २० हजार र द्वितीयलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी महिला डोरीतान प्रतियोगितामा प्रथम हुने टोलीले १० हजार र द्वितीय हुने टोलीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। नृत्य प्रतियोगितामा प्रथमलाई १० हजार र द्वितीयलाई ६ हजार रुपैयाँ तथा भाँकी प्रदर्शन प्रतियोगितामा प्रथमलाई २० हजार र द्वितीयलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको कुरा अध्यक्ष श्रेष्ठ बताए । प्रतियोगितामा सहभागी हुन इच्छुक टोली तथा कलाकारले तोकिएको समयभित्र नाम दर्ता गराउन समेत उनले आग्रह गरे । महिला भलिबल, महिला डोरीतान र नृत्य प्रतियोगिताको टिम दर्ता गर्ने अन्तिम मिति पुस ६ गते तोकिएको छ। स्थानीय युवाको प्रतिभा प्रस्फुटन, खेलकुदको विकास, कला तथा संस्कृतिको संरक्षण र सामाजिक एकतालाई बलियो बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो अध्यक्ष श्रेष्ठले भने । महोत्सवले स्थानीय स्तरमा खेलकुद र सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नुका साथै नयाँ प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।