नमुना क्लबद्वारा स्व. प्रेमबहादुर क्षेत्रीको परिवारलाई १० हजार रुपैयाँ सहयोग
👤 बिष्णु पुन |

नमुना क्लबद्वारा स्व. प्रेमबहादुर क्षेत्रीको परिवारलाई १० हजार रुपैयाँ सहयोग
पाख्रबोट, स्याङ्जा।
२०८३ कार्तिक ३
स्याङ्जा
नमुना क्लब, आधिखोला गाउँपालिका–३, पाख्रबोटले स्वर्गीय प्रेमबहादुर क्षेत्रीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। क्लबले शोकमा रहेको परिवारलाई राहतस्वरूप रु. १० हजार (दश हजार रुपैयाँ) सहयोग गरेको हो।
दुःखको यस घडीमा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउँदै क्लबले आर्थिक सहयोग प्रदान गरेको जनाएको छ। साथै, क्लबले दिवंगत प्रेमबहादुर क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।
क्लबका अध्यक्ष दिपेन्द्र पौडेलले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई यो पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।
सामाजिक सेवामा सक्रिय नमुना क्लबको यस सहयोगले दुःखमा परेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।