लेखनाथ सामुदायिक सेवा केन्द्रको २१औँ स्थापना दिवसमा दीप प्रज्वलन
👤 सनस्टार संवाददाता |

लेखनाथ सामुदायिक सेवा केन्द्रको २१औँ स्थापना दिवसमा दीप प्रज्वलन
१३ कार्तिक २०८३ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको २१औँ स्थापना दिवसका अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
२०६३ साल कार्तिक १३ गते स्थापना भएको केन्द्रले स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा संस्थाको स्थापना, उद्देश्य र समुदायमा पुर्याउँदै आएको योगदानको स्मरण गर्दै दीप प्रज्वलन गरिएको हो।
संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष मोती गिरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रम संस्थाका सदस्य अर्जुन मल्लले सञ्चालन गरेका थिए।
कार्यक्रममा संस्थाका सल्लाहकार विष्णु पुन, पूर्वअध्यक्षहरू ज्ञानेन्द्र बजगाईँ र त्रिलोचन लामिछाने, युवा समाजसेवी नवराज बराल, सन्दिप कोइराला तथा ट्राफिक प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख इन्द्रबहादुर सारु मगरलगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
समुदायमा शान्ति सुरक्षा कायम गर्ने, सामाजिक विकृति विसङ्गति न्यूनीकरण गर्ने तथा प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यसहित स्थापना भएको केन्द्रले सामुदायिक प्रहरी सेवामार्फत विभिन्न सामाजिक तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
स्थापना दिवसका अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमले संस्थाको स्थापना यात्रालाई स्मरण गर्नुका साथै आगामी दिनमा पनि समुदायको हित र सुरक्षाका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने बिश्वास रीजालले बेक्त गरे ।