प्रदेश

एमाले आँधीखोला गाउँपालिका कमिटीको प्रशिक्षण कार्यक्रम असोज १७ गते हुने |

👤 सनस्टार संवाददाता  |  📅 2026-09-24
एमाले आँधीखोला गाउँपालिका कमिटीको प्रशिक्षण कार्यक्रम असोज १७ गते हुने  |
एमाले आँधीखोला गाउँपालिका कमिटीको प्रशिक्षण कार्यक्रम असोज १७ गते २०८३ असोज ८ बिहिबार स्याङ्जा । नेकपा (एमाले) आँधीखोला गाउँपालिका कमिटी, स्याङ्जाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरिएको छ। नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री कमरेड सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा आयोजना हुने प्रशिक्षण कार्यक्रम यसअघि २०८३ साल असोज १० गते बिहान ११ बजे गर्ने तय भए पनि मौसम विभागको पूर्वानुमानअनुसार ठूलो हावाहुरी तथा वर्षाको सम्भावना रहेकाले कार्यक्रम सञ्चालन गर्न असहज हुने भएपछि मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ। नयाँ तालिकाअनुसार कार्यक्रम २०८३ साल असोज १७ गते बिहान ११ बजे आयोजना हुनेछ। कार्यक्रम आँधीखोला गाउँपालिका, सेतीदोभान कृषि, स्याङ्जामा हुने आयोजकले जनाएको छ। कार्यक्रमको मिति परिवर्तनसम्बन्धी जानकारी नेकपा (एमाले) आँधीखोला गाउँपालिका कमिटी, स्याङ्जाका सचिव दिपेन्द्र पौडेलले दिएका हुन्।